
मंसिर ५ अछाम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टी नफुट्ने दावी गर्नुभएको छ । नेकपा भित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेर्न आग्रह गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताउनु भएको छ ।
नेकपा वडा नम्बर १० घुघुरकोट महतागाउँमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै उहाँले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताउनुभयो ।
पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने उहाँको भनाई रहेको छ । यस्तै नेपाली काँग्रेसका नेताले जनतामा नेकपा फुट्छ भनेर भ्रम छरेकोप्रति आश्चर्य प्रकट गर्नुभएको छ । उहाँले कम्युनिष्ट पार्टी फुटेमा राज गरुला भन्ने काँग्रेसका दिवा सपना मात्रै भएको धारणा व्यक्त गर्नुभएको छ ।
कार्यकर्ता भेटघाटमा कार्यक्रममा नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रिय सदस्य अछाम ईन्चार्ज तारामान स्वाँर, जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुँवर, प्रदेश कमिटी सदस्य हर्कबहादुर कुँवर गोविन्द, रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद, साँफेबगर नगर संगठन कमिटी ईन्चार्ज शिव बहादुर कुँवर शिलोज, सचिवालय सदस्य जंग विक, जिल्ला कमिटी सदस्य लालबहादुर खड्का, वालगिरी कुँवर, हिक्मत कुँवर, गंग रावत,ललिता वुढा, जित बहादुर निशानी, राजेन्द्र कुँवर, युवा संघका केन्द्रिय सदस्य दिपक कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष डम्मर महतालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा १५ जना नेपाली काँग्रेस, विप्लब माओवादी त्याग गरेर नेकपा प्रवेश गरेका थिए । वडा कमिटी अध्यक्ष ललित वोगटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नगर कमिटी सदस्य भुपेन्द्र महताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नेकपाका संगठन विभाग प्रमुख प्रकाश शाहले गर्नुभएको थियो ।
यस्तै कार्यकर्ता भेटघाट कार्यक्रम वडा नम्बर १०घुघुरकोट कै तासिमा पनि सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष ललित बोगटीको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रम प्रमख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य, अर्थ प्राकृति विकास तथा स्रोत समितिका सभापति हर्क बहादुर कुँवर गोविन्द रहनुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युष्टि पार्टी नेकपाका संगठन बिभाग प्रमुख प्रकाश शाह, मेल्लेख गाँउ संगठन कमिटी ईञ्चार्ज हिरेण्ड भटराई, सचिावलय सदस्य जंग विक, अमृता खड्का, जिल्ला कमिटी सदस्य लाल बहादुर खड्का, जित बहादुर निशानी, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला सह ईञ्चार्ज दिपक कुँवर, कार्यपालिका सदस्य शंकर भुल लगाएतको सहभागीता रहेको थियो । तासिमा १५ जना नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका छन् । वडा सदस्य गोपाल भाटले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संञ्चालन पूर्व वडा कमिटी अध्यक्ष शिव खड्काले गर्नु भएको थियो ।