मंगलसेन ६ र ७ मा व्यवसायीयक भैसी पालन कार्यक्रम शुरु, किसान उत्साहित (अडियो सहित)

टेकराज भण्डारी, असार १३, अछाम

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ मा व्यवसायीयक भैसिपालनका लागि कार्यक्रम शुरुवात गरिएको छ । वडा नम्बर ६ मा मध्येपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम तथा वडा नम्बर ७ मा भैँसी पकेट क्षेत्र कार्य क्रम सञ्चालन भएको हो ।

यतिबेला दुबै वडामा भैँसीको खोर सुधार लगायतका कार्यक्रम भैरहेका छन् ।

वडा नम्बर ७ मा १ सय ६४ लाभग्राही रहेका छन् भने वडा नम्बर ६ मा १ सय ५४ जना लाभग्राही रहेका छन् । कार्यक्रम अन्तर्गत खोर सुधारका लागि आवश्यक सामग्री तथा नगद सहयोग, बीमा कार्यक्रम, उपचारका लागि औषधि तथा घाँस सहयोग गरिने मंगलसेन नगरपालिका वडा नमबर ६ र ७ का पशु प्राविधिक शिवराज ढुंगानाले बताउनु भयो ।

किसानलाई व्यवसायीक रुपमा भैँसीपालनमा आकर्षित गराउन तथा दुध एवम् दुग्धजन्य पदार्थ बेचेर आम्दानी बढाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ । वडा नम्बर ७ मा संघीय सरकारको २५ लाखको शशर्त अनुदान तथा वडा नम्बर ६ मा संघीय सरकारको २१ लाख ८० हजार, नगरपालिकाको २ लाख तथा किसानको १० लाख ५० हजार लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुने भएको हो ।

हामीले कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा पशु प्राविधिक शिबराज ढुंगानासंग जानकारी लिएका छौँ

पशु प्राविधिक शिबराज ढुंगाना

किसानको सहजताका लागि कोरोना महामारीका कारण केही ढिलो भए पनि कार्यक्रम शुरु गरिएको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले बताउनु भयो । यो बर्षको उपलब्धिको रुपमा यो कार्यलाई नगरपालिकाले लिएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा यो कार्यलाई नगरले सार्वजनिक गरेको थियो । मंगलसेन नगरपालिका बजेट तर्जुमा समिति संयोजक तथा उपप्रमुख सरिता उपाध्यायले यस कार्यक्रमलाई उपलब्धिका रुपमा उल्लेख गर्नुभएको थियो ।

मंगलसेन नगरपालिका बजेट तर्जुमा समिति संयोजक तथा उपप्रमुख सरिता उपाध्याय

दुवै वडाका टोलटोलमा भैसीपालन समूह समेत गठन गरिएको छ । कार्यक्रम अन्तर्गत सहयोग पाएपछि किसान पनि खुसी भएका छन् । मंगलसेन ७ का एक जना लाभग्राही दुर्गा प्रसाद ढुंगाना

लाभग्राही दुर्गा प्रसाद ढुंगाना

यहाँका किसानले पहिलेदेखि भैसी पालन गरिरहेका र थप व्यवस्थित पार्नका लागि कार्यक्रमले सहयोग पुग्ने वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button