चौरपाटी गाउँपालिकाले असार १६ गते ‘कोदो दिवस’ मनाउने

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले असार १६ गते ‘कोदो दिवस’ मनाउने भएको छ । गाउँपालिकामा उत्पादन हुने कोदो बालिको संरक्षण गर्न असार १६ गतेलाई गाउँपालिकाले ‘कोदो दिवस’ का रुपमा मनाउने भएको हो ।

कोदो बालिको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले गत बर्षदेखि यो दिवस मनाउदैं आएको छ । कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको हो । यस कार्यक्रमअनुसार किसानहरुले फलाएको कोदो गाउँपालिकाले संकलन गर्ने र सो बराबर उनीहरुलाई चामल दिने छ ।

कोदोलाई हेला र अवमुल्यांकन गर्ने मानसिकतालाई अन्त्य गरी त्यसको महत्वको बारेमा सचेतना फैलाउन तथा कोदो उत्पादनमा किसानलाई उत्साहित गर्न कोदो सँग चावल साट्ने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिईएको गाउँपालिकाले जनाएको छ ।

किसानबाट संकलित कोदोको प्याकिङ्ग र बजारीकरण गरिने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ । जसअन्तरगत गाउँपालिकाले पर्याप्त अनुदानको व्यवस्था समेत गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button