मृगौला पीडित लाई समाजसेवी भिम थापाको आर्थिक सहयोग

अछाम : जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका समाजसेवी भीम थापाले २ जना मृगौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले दुबै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गराईरहनु भएका पत्रकार तथा रेडियो सोसाइटी एफएम अछामका कार्यकारी निर्देशक ध्रुव बिसी र दर्नाका मथुरा बिकलाई आर्थिक सहयोग गर्नुभएको हो ।

हाल अमेरिका बस्दै आएका समाजसेवी थापाले पत्रकार बिसीलाई ५ हजार र दर्नाका बिकलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

प्राप्त रकम मिर्गौला पीडित दुबैको खातामा जम्मा गरिसकिएको छ ।

आफ्नाे सहयाेगले बिरामी दुबै जनाकाे उपचारमा टेवा पुगाेस् भन्ने उद्देश्यले आर्थिक सहयाेग गरेकाे थापाले बताउनु भयाे । हाल बिरामी दुबै जनाकाे काठमाण्डाैँमा उपचार भैरहेकाे छ ।

थापाले यसअघि पनि विभिन्न बिरामीको उपचारका लागि आर्थिक सहयाेग गर्नुभएको थियाे । सानै भए पनि आफ्नाे तर्फबाट समस्यामा परेका बिरामीहरुका लागि सहयाेग गर्ने गरेकाे थापाकाे भनाइ छ ।

उहाँले आउने दिनमा पनि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्राप्त रकम सन्चारकर्मी शंकर थापाले समन्धित ब्यत्तिको खातामा जम्मा गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button