
अछाम : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र अछामको सिफारीस र जिल्ला सुरक्षा समितीको आइतबार आज बसेको बैठकले थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
थपीएको निषेधाज्ञाको अवधी सोमबार भोलि राती १२ बजेदेखि सुरु भई असार २१ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दीएको छ । पछिल्लो केही दिन यता जिल्लामा कोरोना संक्रमणको दर घटेपनि भारतबाट जिल्ला भित्रीने क्रम जारी रहेकले संक्रमण दर अझै फैलन सक्ने भन्दै निषेधाज्ञा लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताउनुभयो ।
निषेधाज्ञा अवधिभर निम्न अनुसारका आदेशहरु पालना गर्नुपर्नेछ सेवा प्रदायक सरकारी निकायहरुले सेवा ग्राहीको चाप अनुसार जिल्ला प्रसाशन कार्यालय सँग समन्वय गरी आन्तरीक रुपमा कार्य तालिका बनाई सेवा प्रवाह गर्न सक्ने प्रशासन कार्यालय अछामले जनाएको छ ।
यस्तै आर्थिक गतिविधि सञ्चालन गर्दा कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठि, सेमिनार, तालिम, सेनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ्ग मल, मनोरञ्जन स्थाल, पार्क, सैलुन, ब्युटि पालर , मदिरा पसल , होटेल , लज , रेष्टुरेन्ट, बार , जिमखाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय शैक्षिक संस्था आदि बाहेक, व्यापार व्यावसायका सबै पसल बिहान ६ बजे देखि साँझ ६ बजे सम्म स्वास्थ्यका मापदण्डको पुर्ण पालना गरि खोल्न पाईने प्रमुख जिल्ला अधिकारी मल्लद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।
उपभोग्य बस्तुको कृतिम अभाव देखाई मुल्य वृद्धी गर्ने , कालोबजारी गर्ने जम्माखोरी गर्ने, लुकाउने अपूर्तीमा अवरोध सिर्जना गर्ने व्यक्तीलार्ई कानुन बमोजिम कारबाही गरिने समेत आदेशमा उल्लेख गरिएको छ ।
यस्तै जिल्ला भित्रमात्र संचालन हुने सार्वजानीक तथा निजी साना सवारी साधनहरु अत्यआवश्यक कामका लागी चलाउनु परेमा गाडीको सिट क्षमता, ब्लुव बुक बोमोजिम मात्र यात्रुराखी स्वास्थ्यका मापदण्डको पुर्ण पालना गरी संचालन गर्न पाईने भएको छ । जिल्ला बाहिर संचालन हुने सार्वजानीक तथा निजी सवारी साधनहरुले जिल्ला प्रशासन कार्यालयको पास अनीवार्य बनाउनु पर्नेछ ।
त्यस्तै जिल्ला भित्र मात्र संचालन हुने ठुला यात्रु वहाक सवारी साधनहरुले सिट संख्याको ५० प्रतिशत मात्रै यात्रु राखी स्वास्थ्यका मापदण्डको पुर्ण पालना गरेर मात्र सवारी साधनहरु चलाउन पाईने आदेशमा उल्लेख छ । यसअघी अछाममा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रण गर्न वैशाख १९ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरीएको थियो ।
उक्त जारी गरीएको निषेधाज्ञा भोलि सोमबार रातीबाट सकीन लागेको छ भने भोलि सोमबार आजराती देखि नै निषेधाज्ञाको थपीएको अवधि पनि सुरु हुनेछ ।
निषेधाज्ञाको नयाँ आदेश यस्तो छ..

