प्रतिनिधि सभा विघटन मुद्दा : सरकारी पक्षको बहस सुरु

काठमाण्डाै – सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारी पक्षको बहस सुरु भएको छ । महान्यायाधिवक्ता रमेश बडालले बहसको प्रारम्भ गर्नुभएको छ । उहाँलाई तीन घण्टाको समय तोकिएको छ। विपक्षी अर्थात् सरकारी तर्फबाट महान्यायाधिवक्ताले बहस गरिसकेपछि पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्निप्रसाद खरेलले पनि बहस गर्नुहुनेछ ।

आइतवार  रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ पूर्वसांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको  थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । याे समयमा रिट निवेदकका तर्फबाट ३६ कानुन व्यवसायीले बहस गर्नुभयो । निवेदक पक्षका कानुन व्यवसायीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्नुभएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा बुधवारदेखि नियमित बहस सुरु भएको हो । आजदेखि बहस सुरु गरेको  सरकारी पक्षलाई १५ घण्टा गर्न तोकिएको छ ।

त्यसपछि सभामुखका कानुन व्यवसायीले एक घण्टाको समय पाउनेछन् र निवेदक पक्षले जवाफ दिनेछ । जवाफ सकिएपछि अदालतका सहयोगीको बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । त्यही फैसलालाई राखेर प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।

यस विवादमा ३०  रिट निवेदन परेका थिए । गएकाे जेठ ८ गते मन्त्रिपरिषद्का सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आउँदाे कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिबाट भएको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button