चौरपाटी गाउँपालिकामा आज ‘कोदो दिवस’ मनाईदै ! 

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले असार आज ‘कोदो दिवस’ मनाउने भएको छ ।

गाउँपालिकामा उत्पादन हुने कोदो बालिको संरक्षण गर्न असार १६ गते आज गाउँपालिका वडा नम्बर १ सिउडीमा ‘कोदो दिवस’ मनाउने भएको हो ।

कोदो बालिको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले गत बर्षदेखि यो दिवस मनाउदैं आएको छ ।

कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको हो । यस कार्यक्रमअनुसार किसानहरुले फलाएको कोदो गाउँपालिकाले संकलन गर्ने र सो बराबर उनीहरुलाई चामल दिने छ ।

कोदोलाई हेला र अवमुल्यांकन गर्ने मानसिकतालाई अन्त्य गरी त्यसको महत्वको बारेमा सचेतना फैलाउन तथा कोदो उत्पादनमा किसानलाई उत्साहित गर्न कोदो सँग चावल साट्ने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिईएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले बताउनुभएको छ  ।

किसानबाट संकलित कोदोको प्याकिङ्ग र बजारीकरण गरिने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ । जसअन्तरगत गाउँपालिकाले पर्याप्त अनुदानको व्यवस्था समेत गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button