अछामका पालिकाहरु बर्षे फलफुलका बिरुवा वितरण गर्दै

टेकराज भण्डारी असार १६, अछाम : अछामका विभिन्न स्थानीय तहले बर्षे फलफुलका बिरुवा वितरण गर्न लागेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखामार्फत विरुवा मगाई किसानलाई वितरण गर्ने तयारी थालेका छन् । पालिकाले अनुदान तथा आधा मूल्यमा किसानलाई बिरुवा उपलब्ध गराउने तयारी थालेका छन् ।

सोही अनुसार जिल्लाको चौरपाटी गाउँपालिकालेले पनि आर्थिक बर्ष २०७७÷०७८ को स्वीकृत कृषि बिकास शाखाको वर्षे फलफूल बिरुवा ५०% अनुदानमा वितरण गर्ने कार्यक्रम अन्तर्गत विरुवा वितरण गर्ने भएको छ ।

वर्षे बिरुवा चौरपाटी गाउँपालिका कृषि बिकास शाखामा प्राप्त भइ सकेको शाखाले जनाएको छ । शाखाले विरुवाका लागि निवेदन दिएका कृषकहरुलाई बिरुवा लिन आउन समेत अनुरोध गरेको छ ।

पालिकाले आँप अम्रपालीका ११०० बोटा, लिचिका २०० बोटा, अनारका ९०० बोटा, कागतीका २१०० बोटा, सुन्तलाका ११०० बोटा तथा अमिलोका ११०० बोटा गरी ६ हजार ५ सय विरुवा ल्याईसकेको छ ।

किसानको माग अनुसार बोटा ल्याईएको र अब वितरण गरिने पालिकाले जनाएको छ । यस्तै जिल्लाको मंगलसेन नगरपालिकाले पनि किसानलाई ५० प्रतिशत अनुदानमा बर्षे फलफुलका बिरुवा उपलब्ध गराउने भएको छ ।

किसानबाट विवरण माग गरी सोही अनुसार वितरण गरिने नगरपालिकाले जनाएको छ । बर्षातको बेला अछामका विभिन्न पालिका तथा कृषि, वन लगायतका कार्यालयबाट बिरुवा वितरण गरिँदै आएका छन् ।

तर वृक्षारोपण गरिए अनुसार विरुवाबाट प्रतिफल लिन नसकिएको सरोकारवालाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button