
कमल रावल असार १६ अछाम : मंगलसेन नगरपालिकाका ७ वडा र बान्नगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नाका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि १० दिने तालिमको जुपुमा उदघाटन गरिएको छ ।
समुदाय स्तरमा तालिम नपाएर लामो समय देखि काम गरिरहेका सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई १० दिने आधारभुत तालिमको उदघाटन गरिएको हो ।
मंगलसेन नगरपालिका वडा नम्वर ११ का अध्यक्ष डबल सिंह भण्डारीको अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ रोग निरिक्षक देब जोशि, सिनियर अनमी टीका शर्मा, मंगलसेन नगरपालिका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारी लगाएतका अतिथि रहनु भएको थियो ।

कार्यक्रमका अतिथिले समुदायमा महिला स्वंयम सेविकाको महत्वपूर्ण योगदान रहेकाले आगामी दिनमा अझै तालिममा सिकेका कुरा ब्याबहारिक रुपमा लागू गर्नुे पर्नेमा जोड दिएका थिए ।
महिला स्वास्थ्य स्वंयम सेविकाहरुको क्षमता अभिबृद्धि गरि राष्ट्रिय स्वास्थ्य कार्यक्रममा योगदान पुर्याउने उदेश्यले तालिम संन्चालन गरिएको जुपु स्वास्थ्य चौकी ईन्चार्ज बिष्णु रावलले बताउनु भयो ।
मंगलसेन नगरपालिका वडा नम्बर ६,८,९,१०,११,१२ १४ र बान्निगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नाका सामुदायिक स्वास्थ्य स्वयंमसेबिकाहरु गरि २० जनाको सहभागीता रहेको छ ।
असार २५ गतेसम्म चल्ने तालिमको सहजिकरण जुपु स्वास्थ्य चौकी ईन्चार्ज बिष्णु रावल र ओलिगाउ स्वास्थ्य चौकीका सिनियर अहेब भरत राज जोशीले गरिरहनु भएको छ ।