ट्याक्टर दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

बिहीबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन नावली नजिकै बिहीबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका २४ बर्षिया सहचालक खकेन्द्र बोहराको मृत्यु भएको हो ।

गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब ७ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बोहरालाई उपचारका लागी बयालपाटा अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाइते भएका पूर्ण ठकुल्लाको उपचार भइरहेको छ । बान्नीगढी टुडे बाट साभार गरीएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button