मंगलसेनमा नगर कोषेली कार्यक्रमःएक वर्ष मुनीका वच्चाकी आमालाई अण्डा र खाने तेल वितरण

होम साउद, अछाम १७ असार ।

मंगलसेन नगरपालिकाले एक वर्ष भित्रका बच्चका आमाहरुलाई नगर कोषेली प्रदान गरेको छ । सबै १४ वटै वडाका महिलाहरुले कोषेली प्राप्त गर्ने गरि नगर कोषेली कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम अन्तरगत बिभिन्न वडामा अण्डा तथा खाने तेल वितरण कार्य भैरहेको छ ।

बिहिबार वडानम्वर ३, ४ र ५ मा अण्डा तथा तेल बितरण कार्यक्रम सम्पन्न भएको छ । वडानम्वर ५ मा वडा अध्यक्ष हरिप्रशाद ढुंगानाको अध्यक्षतामा भएको बितरण कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख उपाध्यायले सुत्केरी र नवजात शिशुको पोषण अवसथा सुधारका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो  । बालवालिका र  सुत्केरी आमाको पोषण अवस्थामा सुधार गर्नका लागि ब्यवहार परिवर्तन गर्न नगरले प्रति व्यक्ति एक क्यारेट अण्डा र ४ पोका तेलका दरले उपलब्ध गराएको उहाँको भनाई छ ।

बालवालिकाले पाउँने पोषण भत्तालाई पनि सदुपयोग गर्न र गाउँघरमा पाईने स्थानीय खानेकुरा, गेडागुडी र सागपात पर्याप्त मात्रामा खाएमा पोषणको अवस्था सुधार हुने नगर उपप्रमुख उपाध्यायको भनाई थियो । ६३ जनालाई कोषेलि वितरण गरिएको कार्यक्रममा नगरपालिकाकको स्वास्थ्य शाखाका सिनियर अनमी ज्ञानु माझी, एम आई एस अपरेटर होम बहादुर साउद, नायव पशु स्वास्थ्य प्राविधिक कृष्णबहादुर साउद र अनमी मेनुका ढुंगाना अतिथी रहनुभएको थियो ।

बितरण कार्यक्रमको सहजिकरण नगरपालिका पशुसेवा शाखाका नायव पशु सेवा स्वास्थ्य प्राविधिक दुर्गाप्रसाद जैशीले गर्नुभएको थियो । यसैविच, वडानम्वर ३ मा वडा अध्यक्ष पदमसिंह भाट र ४ वडा अध्यक्ष पदम बहादुर धामीको अध्यक्षतामा कार्यक्रम भई नगर उपप्रमुख सरिता उपाध्यायको उपस्थितिमा नगर कोषेली वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

वडानम्वर ३ मा ७० र ४ मा ५० जनालाई कोषेलि वितरण गरिएको जनाईएको छ । यसैगरी नगरका अन्य वडामा पनि यसअघि कोषेली वितरण कार्यक्रम सम्पन्न भैसकेको  छ । वडानम्वर १ मा ४० जना, ६ मा २६जना, ७ मा ५४ जना, ८ मा ३३ जना, ९ मा ३३ जना, १० मा १७ जना, ११ मा २४ जना, १२ मा ५६ र  वडानम्वर १४ मा ६७ जनालाई नगर कोषेलि कार्यक्रम वितरण गरिएको छ ।

हालसम्म जम्मा ५३० जना महिलालाई कोषेलि वितरण गरिसकिएको र अव वडानम्वर २ र १३ मा मात्रै बितरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button