सेभ द चिल्ड्रेनको सहयोगमा स्वास्थ्य सामाग्रीहरु सहयोग

आनन्द साउद अछाम : सेभ द चिल्ड्रेनको सहयोगमा वाक नेपाल अछामले जिल्ला जिल्लाका बिभिन्न स्थानमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

विश्वभर महामारिको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण बाट बच्नका लागी सहयोग पुगोस् भन्ने उदेश्का साथ बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरीएको हो ।

वाक नेपाल अछामले जिल्ला अस्पताल मंगलसेन र बान्नीगढी जयगढ गाँउपालिका लाई अक्सिजन सिलिन्डर, अक्सीमिटर, एन्टीजेन टेस्ट किट, पिपिइ सेट, फेस सिल्ड, थर्ममिटर, डेथ बडि व्याग, स्यानीटाइजर माक्स, पन्जा, साबुन लगायतका सामग्रीहरु आज हस्तान्तरण गरिएको सेभ द चिल्ड्रेनका परियोजना सङ्योजक प्रतिमा कुवँरले जानकारी दिनुभयो ।

यसैबिच जिल्लाका बिभिन्न स्थानिय तहका विद्यालयहरु लाई पनि बिभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरीएको छ । बान्नीगढी जयगढ गाँउपालिकाका ३ वटा, चौरपाटी गाँउपालिकाका २ वटा विद्यालय हरु लाई स्वास्थ्यका सामग्री प्रदान गरिएको छ ।

जयगढको सरस्वती माद्यामिक विद्यालय, विन्देवासिनी माद्यामिक विद्यालय, नन्दा माद्यामिक विद्यालय र चौरपाटीको लक्ष्मी आधारभुत विद्यालय र त्रिपुरा सुन्दरी आधारभुत विद्यालय गरी जम्मा १६ लाख ५ हजार ३९ रुपैया बराबरको सामाग्री हस्तान्तरण हो ।

यता जिल्ला सदरमुकाम मंगलसेनमा युवा सुचना केन्द्र स्थापनाका लागि बिभिन्न सामाग्री उपलब्ध गराईएको छ । युवाहरुलाई सुचनामा पहुँच, विभिन्न लोक सेवा, समान्य ज्ञान तथा उपन्यास लगायतका पुस्तकहरु पढ्ने तथा विभिन्न रोजगारीको अवसर खोजी गर्नका लागि युवा सुचना केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने विश्वासका साथ सहयोग गरिएको वाक नेपाल अछामले जनाएको छ ।

गत वर्ष पनि सेभ द चिल्ड्रेनले कोविड १९ बाट बच्न तथा बचाउनका लागि विभिन्न स्वास्थ्य समाग्रीहरु चौरपाटि र बान्नीगढी जयगढ गाँउपालिका लाई हस्तान्तरण गरेको थियो ।

कोविड १९ सुरु भए पश्चात् अहिले सम्म जम्मा १३ लाख ५४ हजार १ सय ६३ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री अछाम जिल्लाका २ स्वास्थ्यचौकी तथा जिल्ला अस्पतालमा सहयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button