अछामको कमलबजारमा अस्पताल निर्माणको माग

अछाम : अछामको पूर्वी क्षेत्र कमलबजारमा अस्पाल बनाउनुपर्ने माग उठिरहेको छ । त्यस क्षेत्रका कमलबजार, ढकारी, तुर्माखाँद, पञ्चदेवल विनायक लगायतका स्थानीय तहका नागरिकलाई लक्षित गरी अस्पताल बनाउनुपर्ने माग उठिरहेको हो ।

यसका लागि कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्टले सुदूरपश्चिम प्रदेश सरकारलाई अस्पतालको लागि मागपत्र पेश गर्नुभएको छ । उहाँले पूर्वी क्षेत्रका जनताको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै कमलबजारमा २५ शैयाको अस्पताल हुनुपर्ने माग गरेका हुन् ।

नगर प्रमुख बिष्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक बिकास मन्त्री लाल बहादुर खड्कालाई ज्ञापन पत्र बुझाउदै नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नती गर्दै २५ सैयाको असपताल बनाउनु पर्ने माग गरेका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गर्न सक्ने सम्पूर्ण पहल गर्ने बचन दिनुभयो ।

यस्तै सामजिक बिकास मन्त्रीले खड्काले आफुले अस्पतालको स्तर उन्नतीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका नगर प्रमुख बिष्टले बताउनु भयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अछाम क्षेत्र नं. २ (ख) बाट प्रतिनिधत्व गर्ने सांसद अक्कल बहादुर रावल र अम्बि थापाको पनि उपस्तिथिती रहेको थियो ।

जिल्लाको सदरमुकाम मंगलसेन र क्षेत्र नं. १ मा बयालपाटा अस्पताल संचालनमा भएपनि पूर्वी क्षेत्रका जनतालाई सेवा लिन लामो बाटो हिडेर जिल्ला अस्पताल वा बयालपाटा अस्पताल धाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्यका लागि अस्पताल हुनुपर्ने स्थानीयको माग छ ।

यसअघि संघिय सरकारले हरेक पालिकामा १० सैया र नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने घोषणा गर्दै बजेट समेत बिनियोजित गरेको थियो ।

कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाको पहलमा जिल्लामा एक मात्र कोरोना भाईरस परिक्षणका लागि पिसिआर प्रयोगशला समेत सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button