आज र भोलि ठूलो पानी नपर्ने : बुधबारदेखि फेरि मनसुन सक्रिय हुने

काठमाण्डाै – आज र भोलि ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बुधबारदेखि मनसुन फेरि सक्रिय हुने अनुमान छ । अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम हुन्छ ।

मनसुनी न्यूनचापीय रेखा तराई नजिक हुँदा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ । प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश एक, दुई, वाग्मती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुने अनुमान छ । त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने महाशाखाले जनाएको छ । आज राति प्रदेश एकसहित वाग्मती र गण्डकीका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button