अछाम जिल्ला साक्षर जिल्ला घोषणा

अछाम : अछाम जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका ९५ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षरता अभियान जिल्ला समन्वय समिति अछामको आयोजनामा औपचारिक कार्यक्रमका बिचमा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १० वटै पालिकाहरू यस अघि नै साक्षर पालिका घोषणा भइसकेका छन् ।

सोमवार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले जिल्ला सदरमुकाम मंगलसैनमा आयोजित कार्यक्रममा अछामलाई साक्षर जिल्ला घोषण गर्नु भएको छ ।

जिल्ला समन्वय समिति अछामका संयोजक नर बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री लाल बहादुर खड्का प्रमुख अतिथि,राज्य मन्त्री मिना साउँद विशिष्ट अतिथि रहनु भएको थियो ।

घोषणा कार्यक्रममा बिभिन्न पालिकाका प्रमुख,उप प्रमुख,जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुख प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालाको सहभागी रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button