
स्वास्थ्यको क्षेत्रमा सक्ने र सुरुवात गर्ने अभियानका साथ अघी बढछौँः सामाजिक बिकास मन्त्री खडका
कमल रावल, असार २१ अछाम
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री लाल बहादुर खडकाले स्वास्थ्यको क्षेत्रमा सक्ने र सुरुवात गर्ने अभियानमा आफ्नो ध्यान केन्द्रीत रहने बताउनु भएको छ । सुदुरपश्चिमका पहाडी जिल्लामा अझै पनि डाक्टरको अभाब रहेको भन्दै कार्यरत बिशेषज्ञ डाक्टरलाई ब्याबस्थापन गर्दै स्थानिय सरकार अघि बढनु पर्ने बताउनु भयो ।
बयालपाटा अस्पताल पछि जिल्ला अस्पताल अछामको अबस्था बुझ्न मंगलसेन पुगेका मन्त्री खडकाले अझै कोरोनाभाईरसको संक्रमण जोखिम कायमै रहेकाले अस्पताल तथा स्वास्थ्य संस्थामा भौतिक पुर्बाधार, कर्मचारी ब्याबस्थापनमा आफ्नो ध्यान रहने बताउनु भयो ।
अबको तेस्रो लहरको कोरोनाबाट सुदुरपश्चिम भरिका जनतालाई बचाउनका लागि १० देखि २० बेडसम्म बालबालिका मैत्रि आईशुलेसन भवन निर्माण कार्यमा आफ्नो टिम लागि परेको बताउनु भयो
कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री मिना साउदले पछिल्लो राजनीतिक घटना क्रमले हरेक क्षेत्रमा समस्या थपिदै गएको बताउनु भयो । विशेष गरि शिक्षा, स्वास्थ्य कृषि लगाएतका क्षेत्रमा अझै प्रगति हुन नसकेकाले सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।
अछामको स्वास्थ्य क्षेत्रको प्रगतिका लागि आफू लागि रहेकाले निरन्तर लागि पर्ने बताउनु भयो । हरेक क्षेत्रमा आउने बजेटको सदुपयोगका लागि नागरिकले निरन्तर आवाज उठाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

जिल्ला अस्पताल अछामको समग्र अबस्थाको बारेमा स्थलगत निरिक्षण पछि भएको कार्यक्रममा अछामको स्वास्थ्य क्षेत्रमा भएका प्रगती, भाबि चुनौतीका बारेमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगानाले जानकारी गराउनु भएको थियो भने समस्या सहितको मागपत्र अस्पताल बिकास समितिका अध्यक्ष प्रभुनाथ खनालले सामाजिक बिकास मन्त्री खडकालाई हस्तान्तरण गर्नु भएको थियो ।
जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवर, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, सबै नगरपालिकाका उपप्रमुख, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, संञ्चारकर्मिको सहभागिता रहेको अन्तरक्र्रिया कार्यक्रमको सहजिकरण तथा संञ्चालन स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत झपटराज ढुगांनाले गर्नु भएको थियो ।
त्यस अघि सामाजिक बिकास मन्त्रि र राज्य मन्त्रीको टोलिले बयलपाटा अस्पतालको अनुगमन निरक्षण, अछाम जिल्ला साक्षर घोषणा कार्यक्रममा समेत सहभागीता जनाएको थियो ।

