
वाक नेपालद्वारा ६ सय २६ घर परिवारलाई खाद्यान्न सहयोग
शंकर थापा, अछाम : वाक नेपाल अछामले जिल्ला जिल्लाका बिभिन्न स्थानिय तहमा खाद्यान्न वितराण गरेको छ ।
वाक नेपाल र वल्डभिजन इन्टरनेटनेस्नल नेपालको संयुक्त साझेदारीमा संञ्चालित उत्थानशिल जिबिकोपार्जन परियोजना अन्तरगत अछामका गाउँपालिका तथा नगरपालिकाका कोरोना प्रभाबित तथा अति जोखिममा रहेका घर परिवार हरुलाई खाद्यान्न सहयोग गरिएको बताईएको छ ।
कोरोनाका कारण रोजगारि गुमाएका र दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई केही मात्रामा भए पनि खाध्यन्न सहयोग होस भन्ने उदेश्यले खाध्यन्न वितरण गरिएको हो ।
साँफेबगर नगरपालिका वडा नम्वर ४ का ३८, मेल्लेख गाउँपालिका ३ सय १९, कमलबजार नगरपालिकामा १ सय ५ र पञ्चदेवल बिनायक नगरपालिका १ सय ६५ गरि जम्मा ६ सय २६ जना कोरोना प्रभावित अति जोखिममा रहेका घर परिवारलाई लाई खाद्यान्न उपलब्ध गराईएको हो ।
सस्थाले प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ किलो चिनी, २ लिटर तेल र ४ वडा नुहाउने साबुन सहयोग गरिएको वाक ने पाल अछामलले जानकारि दिएको छ ।
प्रति परिवार ३११६ का दरले जम्मा ६२६ परिवारलाई १९ लाख, ५० हजार ६ सय १६ बराबरको खाध्यन्न सहयोग गरिएको परियोजनाका अधिकृत आशिस उपाध्यायले जानकारी दिनुभयो ।
पछिल्लो समय वाक नृपाल अछामले कोरोनाका कारण बन्दाबन्दी हुदा समस्यामा परेका नागरिकहरु लाई गाउँमै पुगेर पहिचान गर्दै राहत उपलब्ध गराउदै आएको छ ।
स्थानिय सरकारले समस्यामा परेका नागरिकहरु लाई छनोट गरि राहत उपलब्ध गराउनु पर्ने बेलामा कुनै चासो नदिएको भन्दै स्थानिय नागरिकहरुले गुनासो गर्ने गरेका छन् ।
स्थानियहरु भने यस्तो महामारिको समयमा गैर सरकारी संस्थाहरुको सहयोगले आफुहरु लाई ठुलो राहत पुगेको बताउ छन् ।