बान्नीगढीमा ३० घर परिवारलाई सोलार सेट वितरण

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकाकाले अति विपन्न घरपरिवार लाई सोलार सेट वितरण गरेको छ ।

‘उज्यालो गाउँपालिका’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले ३० ओटा परिवारलाई सोलार सेट वितरण गरेको हो ।

गरिबीको रेखामुनि रहेका तथा उज्यालोबाट वञ्चित रहेका घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

उज्यालोबाट वञ्चित भएका स्थानीय सोलार पाउँदा खुसी भएका छन् । विद्युतको सुविधा नपुगेका, आर्थिक अवस्था कमजोर रहेका गाउँपालिका अन्तरगतका घरपरिवारले निःशुल्क सोलार प्राप्त गरेपछि लाभग्राही खुसी भएका हुन् ।

वडा नम्वर १ देखि ६ सम्मका विद्युत् पहुँचबाट बञ्चित र अति विपन्न परिवारलाई सोलार सेट बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र जोशिले जाकारी दिनुभएको छ ।

बितरण पश्चात् कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले विद्युतको पहुँचबाट बञ्चित, आर्थिक अवस्था कमजोर भई बिजुली जडान गर्न नसकेका घर परिवारलाई सोलार वितरण गरिएको बताउनुभएको छ ।

छुटेका हरुलाई समेत आगामी बर्षमा छनोट गरि बितरण गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

पालिका भित्रका विपन्न परिवारहरु लाई लक्षित गरि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु लाई प्राथमिता दिदै आएको बताउदै आत्मनिर्भर बनाउनका लागी थप नयाँ कार्यक्रम समेत समेटेको उल्लेख गर्नुभएके थियो ।

बैकल्पिक ऊर्जाको अनुदान र गाउँपालिकाको सहयोग बाट आएको ५० वाटको सोलार सेट ३० परिवारलाई वितरण गरिएको उर्जा संयोजक केशर बिकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button