जनसंख्या बृद्धिदर रोक्न सबैको भुमिका बराबरीः सरोकारवाला को भनाई ।


कमल रावल, असार २७ अछाम
ब्याबस्थापनका लागि सबैको भुमिका महत्वपुर्ण हुनु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन । जनसंख्या वृद्धि हुँदै जादा ब्याबस्थापनमा सबैको भुमिका बराबर हुने भएकाले यसका लागि सबैले जिम्मेवार हुनु पर्ने बताएका हुन । विश्व जनसंख्या दिवस अप्रिल ११ को अवसरमा रेडियो रामारोशनले गरेको बहसमुलक कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले जनसंख्या वृद्धि, ब्याबस्थापनमा सबैको भुमिका महत्त्वपूर्ण हुने भएकाले सबै एकमत भएर अघि बढनु पर्ने बताउनु भयो । पहिलेको जस्तो जनसंख्या वृद्धि नभई ब्याबस्थापनमा चुनौति रहेको बताउनु भयो । जनसंख्या ब्याबस्थापनमा ध्यान दिन सकिएन भने गरिबी समेत बढदै जाने भएकाले सबै कामप्रति बफादार हुनुपर्ने बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगांनाले कोरोनाका कारण स्वास्थ्य तथा प्रजनन स्वास्थ्यका सार्वजनिक कार्यक्रममा चुनौती थपिएको बताउनु भयो । जसरी बाह्य रुपमा जनसंख्या बढदै गएको भएपनि समग्रमा अछामको अबस्था त्यस्तो नरहेको बताउनु भयो । कोरोनाका कारण हरेक पुरुष गाउमा भएकाले परिवार नियोजनका साधन प्रयोग बृद्धिमा सबैको ध्यान पुग्नु पर्ने बताउनु भयो । स्वास्थ्य क्षेत्रका हरेक कार्यक्रमलाई ब्यबस्थित बनाउदै किशोरी मैत्रि कार्यक्रमलाई अझै प्रभाबकारी बनाउदै जानुपर्ने बताउनु भयो । जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले गर्भवति तथा सुत्केरी आमालाई मात्र नभई पुरुष दाजुभाईलाई समेत सचेतना जगाउनु पर्ने बताउनु भयो । कम बच्चा जन्माउने, गर्भपतन गराउने अधिकार महिलालाई नदिएर पुरुषकै अधिकार हुने कारणले समेत जनसंख्या वृद्धि हुने गरेको बताउनु भयो । आगामि दिनमा सबै सरोकारवाला एक भएर अघि बढनु पर्ने बताउनु भयो । बहसमा अछाम बहुमुखी क्याम्पसका प्राध्यापक शँकर रावलले जनसंख्या बृद्धिका कारण र चुनौतिलाई पहिचान गरि कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनु भयो । जनसंख्या वृद्धि दरलाई नियन्त्रण गर्ने उपायका बारेमा शैक्षिक संस्थामा पाठयक्रा मार्फत समेत विदार्थिलाई जानकारी गराउने गरेको बताउनु भयो । विश्वका ठुला देशका अभियान र प्रयासलाई समेत ध्यान दिएर जनसंख्या नियन्त्रणका अभियानमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । ग्ल्ँएब् को आर्थिक सहयोग, फाया नेपालको ब्याबस्थापन र रेडियो रामारोशनको आयोजनामा भएको कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका सहायक स्टेसन म्यानेजर कमल रावलले गर्नु भएको थिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button