अछाम । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले सिकेको सीपलाई सदु पयोग गर्नु पर्ने बताउनु भएको छ ।
निःशुल्क ३ महिने हाते कडाई तालिमको समापन कार्यक्रममा बोल्दै कुँवरले नगरपालिकाले सीप सिकाउनुको साथसाथै सीप सिकेर व्यावसाय सुरु गर्नेलाई ५ हजार देखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरिदै आएको र अझै पनि सहयोग गरिने बताउनु भएको छ।
उहाँले सीप सिक्नुका साथै व्यावसाय संचालन गरि आत्मनिर्भर हुनु पर्ने सुझाव दिनु भएको छ।यस्तै उहाँले अरुको मुख ताकेर बस्नु भन्दा आफैले सिकेको सिपको सदुपयोग गरि स्वरोजगार हुनु पर्ने बताउनु भयो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र साँफेबगर नगरपालिकाको समन्वयमा संचालन गरिएको ३ महिने (३९० घण्टा) तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका प्रमुख भुवन पन्तको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुँवर रहनु भएको थियो। यस्तै समापन कार्यक्रमका विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देवी बुड्थापा रहनु भएको थियो।
समापन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख पुष्प बहादुर बुढा, प्रशासन शाखा प्रमुख शंकर थापा, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रकाश बोहरा लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो। तालिम समापन कार्यक्रमको संचालन आशा कुमारी चौधरीले गर्नु भएको थियो।