स्थापना दिवसको अवसरमा वाक नेपालद्धारा पत्रकार सम्मेलन

कमल रावल, मंसिर ६ अछाम

वाक नेपाल अछामले संस्था स्थापना भएको २३ बर्ष पुगेको अवसरमा सदरमुकाम मंगलसेनमा पत्रकार सम्मेलन गरेको छ ।

समुदाय स्तरमा संस्था मार्फत भएका काम, प्रगती तथा आगामी दिनमा कार्यक्रम प्रभाबकारी सहित समुदायमुखी बनाउनका लागी सुझाव संकलनका लागी संस्थाले पत्रकार सम्मेलन गरेको वाक नेपालले जनाएको छ ।

कार्य समिती अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थाको ध्येय सहित उपलब्धी पत्रकार माझ कार्यक्रम ब्याबस्थापक चेतराज जोशीले प्रकाश पार्नु भएको थियो ।

संस्थाले एकैचोटी पंञ्चबर्षिय योजना बनाएर काम गर्ने भएकाले यो बर्ष चौथो बर्षको काम जारी रहेको बताउनु भयो ।

वाक नेपाल मार्फत स्वास्थ्य, शिक्षा र जिविकोपार्जनका क्षेत्रमा अछामका १० वटै स्थानीय तह तथा छिमेकी जिल्ला बाजुराका केही स्थानीय तहलाई समेत समेटेर कार्यक्रम गरिरहेको बताउनु भयो ।

आर्थिक बर्ष २०७६÷०७७ का लागी दातृ निकायबाट स्विकृत ७ करोड १५ लाख ५२ हजार ६ सय ३८ मध्ये, ७ करोड ४८ हजार १ सय ४९ रुपैया खर्च भएको जोशीले बताउनु भयो ।

छलफलमा सहभागी पत्रकार महासँघ अछामका अध्यक्ष खम्म खत्रि लगाएत जिल्ला स्थित संञ्चारकर्मिले संस्था मार्फत सामाजिक क्षेत्रमा उपलब्धीमुलक काम भएको बताएका थिए ।

आगामी दिनमा संस्थाले गरेका काम मिडीया मार्फत प्रचारप्रसारमा जोड दिनु पर्ने सुझाव दिएका थिए । स्थानिय तहले गर्ने बिकास उपलब्धी भन्दा पनी सामाजिक उपलब्धी वाक नेपालले प्राथमिकता राखेकाले जिल्ला स्थित संञ्चारकर्मिले प्रशसाँ गरेका हुन ।

पत्रकार सम्मेलनको संञ्चालन वाक नेपाल मार्फत संञ्चालित एआईभि÷टिवि र मलरीया परियोजना संयोजक कविराज जोशीले गर्नु भएको थियो ।

त्यसअघि संस्था स्थापना दिवसको अवसरमा आज बिहान जिल्ला अस्पतालका १५ र बयलपाटा अस्पतालमा भर्ना भएका २८ जना बिरामी गरि ४३ जना बिरामीलाई फलफुल वितरण गरिएको एचआईभि एड्स कार्यक्रमका गोबिन्द बोहराले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker