अछाममा निर्माणधिन पक्कि पुल वर्षाका कारण भत्कियो

अछाम । अछाम जिल्लामा एक निर्माणधिन पक्की पुल भत्किएको छ ।

दुई दिन देखिको अबिरल बर्षाले खोलाको बाहब बढेपछि सेती लोकमार्गमा पर्ने पक्की पुल भत्किएको हो ।

सेती लोकमार्ग अन्र्तगत नेपालका चारधाम मध्येको एक बैद्यनाथधाम नजिकै पर्ने लुंग्रेलीगाडमा निर्माण हुन लागेको पुल भत्किएको हो ।

दुई दिन देखिको बर्षाका कारण पानीको बाहब बढेपछि निर्माण कार्य सम्पन्न हुन लागेको पुल भत्किएको स्थानीबासीले बताए ।

२०७७ चैत्र २० मा सम्पन्न गर्ने गरी २०७५ असार २१ गते एक निर्माण कम्पनीले सम्झौता गरेको थियो ।

जिल्ला स्थित स्वाँर कन्ट्रक्सन अछामले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ मुल्य अभिबृद्धि कर सहितको लागमा पुल निर्माणको जिम्मा पाएको थियो ।

तर समयमै पुल निर्माण हुन नसकि भत्किएको छ ।

यता निर्माण कम्पनीले भने जग्गा बिबाद र कोरोनाको कहरका कारण समयमै पुल निर्माण गर्न नसकिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button