महंगी र कालोबजारी बिरुद्ध अखिल क्रान्तिकारीको बिरोध

अछाम असार २९

अखिल क्रान्तिकारी अछामले महंगी र कालोबजारी बिरुद्ध सदरमुकाम मंगलसेनमा प्रदर्शन गरेको छ ।

महंगी नियन्त्रण तथा कालोबजारी बिरुद्ध सदरमुकाम मंगलसेनमा प्रदर्शन गरिएको अखिल क्रान्तिकारी अछामका अध्यक्ष दिपेन्द्र जयगढीले बताउनु भयो । मंगलसेनको बैरागीधाराबाट बिरोध जुलुस निकाली बीच बजारमा कोण सभा गरिएको थियो ।

कोण सभामा बोल्दै अखिल क्रान्तिकारी अछाम बाजुरा ईन्चार्ज रमेश बिसीले कोरोना महामारीको यो अवस्थामा महंगी बृद्धि तथा कालोबजारी भैरहेको भन्दै यसको नियन्त्रणका लागि सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

यो अवस्थामा राज्य जनताप्रति उत्तरदायी भई जनताको जनजीविकाका सवालमा अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।

संगठनको निर्देशन अनुसार आज देशका ७७ वटै जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गरिएको जिल्ला अध्यक्ष जयगढीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button