माधव नेपाललाई एमालेमा ठाउँ छैन : ओली

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रियावादीको हितका लागि आफ्नै पार्टीको सरकार ढालेको आरोप लगाउनुभएको छ ।

सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि ओलीले पार्टीका नेता नेपालतर्फ लक्षित गर्दै बिकाउ तत्त्वहरूले प्रतिक्रियावादीको पछि लागेर पार्टी र  जनताको शक्तिका विरुद्ध काम गरेको बताउनुभयो । 

उहाँले माधवकुमार नेपाललाई लाजसरम हराएका नेता भएको भन्दै उहाँलाई अब एमालेमा कुनै ठाउँ नभएको बताउनुभयो ।

‘माधव नेपाल जस्ता लाजसरम हराएका मान्छेहरूलाई एमालेमा ठाउँ छैन, अरूले आत्मालोचना गरे भने पार्टीमा भित्र्याउन सकिन्छ तर माधव नेपाललाई पार्टीको कुनै जिम्मेवारी दिन सकिन्न’, ओलीले भन्नुभयो । 

बुधवार दिउँसो ओलीलाई युथ फोर्सका कार्यकर्ताले स्कर्टिङ गरेर बालुवाटारबाट निजी निवास बालकोट पुर्‍याएका थिए ।

कौशलटारदेखि बालकोटसम्म कार्यकर्ताले ओलीको पक्षमा र माधवकुमार नेपाल तथा माओवादी अध्यक्ष प्रचण्डको विरुद्धमा नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button