आफ्नो कार्यालयमा पलास्टरको काम आफ्नै गर्ने करदाता सेवा कार्यालय साँफेबगर प्रमुखः रोकाया

पवन खत्रि, असार ३१ अछाम
असार मसान्त अर्थात अन्तिम दिन २०७८ असार ३१ गतेको दिन थियो । दिउसोको करिब पौने २ बजेको समयमा मेरो काम आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय साँफेबगरमा काम पर्न गयो ।

सेती लोक मार्ग अन्तरर्गत नेपालका चारधाम मध्येको एक बैद्यनाथ धाम जाने बाटोको दाईने साईट पट्टी साँफेबगर नगरपालिका क्षेत्रमा कार्यालय पर्दछ । कार्यालयको कामको शिलशिलामा त्यहाँ पुग्दा ३ जना पुरुष निकै ब्यस्त असारे बिकासको चटारो जसरी कार्यालयको भौतिक कार्यमा निकै ब्यस्त देखिएका थिए ।

३ जनाको टिम कार्यालय वरिपरिको पुरै ब्राण्डा सहीत सेवाग्राहीलाई घाम र पानीबाट बच्नका लागी बनाईएको बिश्राम स्थलको काममा पसिना चुहाएर लागि परेको थिए । बिशेषत मेरो काम करदाता सेवा कार्यालयमा दैनिक जसो हुने भएकाले ति काम गर्ने सबैसँग मेरो जिनजना थियो ।

आफ्नै कार्यालयका अन्य २ जना र आफु गरि ३ जना लागेर काम गर्ने ब्यक्ति करदाता सेवा कार्यालय साफेबगरका कर अधिकृत धर्म बहादुर रोकाया थिए । कार्यालयका कमप्युटर अपरेटर अफिसको कामको शिलशिलामा बाहीर रहेकाले अहीले अफिसमा सेवाग्राही कम आउने भएकाले आफ्नै कार्यालयका कर्मचारीले यसरी पलास्टरको काम गर्दै आएका बताउनु भयो ।

करदाता सेवा कार्यालयका कर अधिकृत रोकाया सहीत, कार्यालय सहयोगी, गाडी चालक बालुवा, गीट्टी, सिमेन्ट फिट गर्दै पुरै पलास्टर गर्नमा ब्यस्त रहन्छन । उहाँहरुले काम गर्दै गर्दा मैले कुुरा सुरु गर्दा अधिकृत रोकायाले भन्नुभयो काम ठुलो सानो हुदैन, अहीलेको समय मेहनत गर्नै हो त्यसैले यसरी हामी आफ्नो कार्यालयको काम आफै गछौँ, मनमनै मैले सोचे साच्चै यसरी हरेक युवाले आफ्नो काम, कर्तव्य सहीत सकारात्म कार्य गर्दै गए सोच्दै गए कति उपलब्धी हासिल गर्न सकिदो हो ।

कर सम्बन्धी सेवा लिन आउने हरेक सेवाग्राहीको मनमा बस्न सफल रोकाया निकै मिजासीलो, कर्तव्यनिष्ट तथा छिटो छरितो सेवा दिन कर अधिकृत हुन । २०७७ साल कात्तिकबाट कार्यालय सुरु गरेको करदाता सेवा कार्यालय साफेबगरमा स्थापना भएको ९ महीना पुगेको छ ।

सुरुका २ महीनामा अर्को कार्यालय प्रमुख आएपनी ७ महीना देखी धर्म बहादुर रोकायाले कर अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button