
असार ३१ अछाम
लगातारको वर्षाका कारण अबरुद्ध बनेका राष्ट्रिय संञ्जालसँग जोडिएका र ग्रामिण सडकहरु खुलाउनका लागी प्रशासनले पहल थालेको छ । बिशेष गरि विगत ४ दिनदेखी अबरु सदरमुकाम मंगलसेन हुदै पंञ्चदेवल विनायक नगरपालीकासम्मको मध्यपहाडी लोकमार्ग तथा जिल्लाका थुप्रै स्थानका अबरुद्ध ग्रामिण सडक तत्काल सुचारुका लागी हरेक स्थानियसँग समन्वय गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि तुलसीराम अर्यालले बताउनु भयो ।
बिशेष गरि बर्खामासको समयमा अबरुद्ध बनिरहेका सदरमुकाम सहित जिल्लाका १० वटै पालिका जोड्ने ग्रामीण सडक जिल्लाको बान्नीगढी गाउँपालिकाको जयगढ–रामारोशन, मंगलसेन पचदेवल जोड्ने सडक, कमलबजार, ढकारी, तुर्माखाँद, मंगलसेन, कन्ति बस्ती, साफेबगर चौरपाटी, पायल, मंगलसेन, वलिगाउ, जुपु, कालागाउ तथा रामारोशन खण्ड ठाउ ठाउमा पहीरो गएर अबरुद्ध बनेकाले खुलाउन पहल भईरको डिएसपि अर्यालले बताउनु भयो ।
मध्य पहाडी लोकमार्गको सडक मर्मतका लागी मध्येपहाडी राजमार्गको कामको जिम्मा लिएको कार्यालयलाई समन्वय गरेर निर्देशन गरेर विनायक क्षेत्रमा हिजो बेलुका मर्मत गरेर तत्कालका लागी २ पाग्रे र साना गाडी आवातजावात गर्न सुरु गरिसकेका बताउनु भयो ।
ग्रामिण सडकका हकमा स्थानिय तहकै जिम्मा भएका स्थानिय तहले र कतिपय ठेकेदारले निर्माण कार्य गरिरहेकाले ठेकेदारलाई सम्पर्क गरेर समेत मर्मत कार्य सुरु हुने बताउनु भयो ।
यसरी सडक अबरुद्ध हुदा प्रहरीले प्रदान गर्ने सेवा समेत प्रभावित भएका बताउनु भयो । गाउघरमा हुने घटनाको टेलिफोन मार्फत जानकारी आउदा यातायातका साधन नचल्दा तत्काल स्थलमा पुग्न असहज हुने गरेको समेत रेडियो रामारोशनलाई डिएसपि अर्याले जानकारी दिनु भयो ।