
सामाजिक असमानता र जडका कारण सम्बन्धी १ दिने छलफल रानिवनमा सम्पन्न ।।
कमल रावल, साउन १ अछाम
लैगिंक तथा सामाजिक असमानता र जडका कारण सम्बन्धी १ दिने अभिमुखीकरण गोष्ठि तुर्माखाँद गाउपालिका वडा नम्बर ६ रानिवनमा भौतिक दुरी कायम गर्दै सम्पन्न भएको छ । वाक नेपाल र USAID मरसिकोर नेपालको साझेदारिमा संन्चालित भकारि परियोजना अन्र्तगत सरोकारवाला पुरुष दाजुभाईसँग छलफल गरिएको हो ।

वडा विपद ब्याबस्थापन समिती संयोजक अमर सिंह नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा लैगिंक तथा सामाजिक असमानता न्युनिकरणका लागि बनेका निती तथा कार्यक्रम, समाजका महिला माथि हुने हिंसा न्युनिकरण सहीत जडका कारण पत्ता लगाई पुरुष दाजुभाईको सहभागीता सहीत परम्परागत हानिकरक तत्वका रुपमा रहेका समाजका कुरिती कुसंस्कार अन्त्यका लागी भुमिकाका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको सहजिकरण सहजकर्ता प्रेम बहादुर बुढा र वाक नेपाल भकारी परियोजना अन्र्तगत GESI अफिसर सरिता थापाले गर्नु भएको थियो ।