
कृषि पेशामा लागेर बार्षिक ५ लाख आम्दानी गर्दै अगुवा कृषकःथिर रावल
कमल रावल, साउन १ अछाम
मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउका थिर बहादुर रावल उमेरले ३२ बर्षको पुग्नु भयो । १८ बर्षको उमेर देखी कृषि पेशा अगालेका रावल यतीबेला युवा अगुवा कृषकको रुपमा परिचित छन । १८ बर्षको उमेरमा वुवा आमाले थालेको कृषि पेशालाई आधुनिकता दिदै नियमीत १५ बर्ष देखी कृषि, फलफुल सहीत पशुपालनमा रावल लागी परेका छन ।
मंगलसेन नगरपालिका वडा नम्बर ९ चल्लिकोटमा चल्लिकोट कृषि तथा पशुपंक्षी बिकास फर्म संञ्चालन गरेर नियमीत रुपमा लागी पर्नु भएको छ । केही मात्रामा आफ्नो जग्गा र बाँकी गाउका दाजुभाईको जग्गा लिजमा लिएर १५ रोपनी भन्दा बढी जग्गामा तरकारी, फलफुल सहीत पशुपालन गरिरहनु भएको छ ।
२०६२ सालमा एसएलसी र २०६५ सालमा आईए पास गरेको सुनाउदै रावलले अहीले आफुले जागीर तथा कामका लागी कही कतै नगएको बरु चल्लिकोटलाई हराभरा बनाउने अभियानमा लागेको बताउनु भयो । कृषि पेशाले निकै खुशी छु, बर्षेनी ५ लाखसम्म आम्दानी गर्छु बर्षेनी ब्याबसाय बढाउदै गएको छु रावलले भने आफ्नो घरपरिवार दाजुभाईको सहयोगमा टिकापुरमा घर पनी बनाएका छौँ, कृषि नै गरेर अत्तरियामा १३ लाखको घडेरी समेत किनेको छु, यतीबेला आफ्नो कामले निकै खुशी बनेको छु ।
पहीले मलाई सबै गाउका मान्छे आईए पास गरेर लेकमा भैसिको गोबर सोर्छ भन्थे तर अहीले ति सबै दाजुभाई मेरो प्रगतीले खुशी छन, बाख्रा, भैसि पालेको छु, खेतका आलीभरी तरकारी फलाएको छु, यो भन्दा आनन्द के होला उनले भने, कृषि क्षेत्रमा एकैपटक उपलब्धी नआउने भएकाले थोरैबाट सुरुवात गरेर उपलब्धी हासिल गर्न सकीने रावलले बताउनु भयो ।
आजभोली आफुले मात्र नभई अन्य गाउका थुप्रै युवा दाजुभाई पनी तरकारी खेतीमा लागेकाले चल्लीकोटमा फल्ने आलुलाई ब्याबस्थापनका लागी नगरपालिकाले ध्यान दिनुपर्ने बताउनु भयो । चल्लिकोट क्षेत्रमा बर्षेनी १ सय क्विन्टल आलु फल्ने भएकाले कोल्ड स्टोरको आवश्यकता रहेको बताउनु भयो । कोल्ड स्टोर भएको भए आफ्नै ठाउमा आलुको विउ समेत उत्पादन गर्न सकीने जानकारी दिनु भयो ।
सरकारको लगानी अझै वास्तविक किसानको हातमा नपुगेकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा उहाँको जोड रहेको छ ।