चित्रेमा मृत भेटिएकी महीलाको शवको अझै परिचय खुलेन


कमल रावल, साउन २ अछाम
अछामको चौरपाटी गाउपालिका वडा नम्बर ४ बुढीगंगा क्षेत्रमा पर्ने चित्रे पुलको छेउमा मृत भेटिएको महीलाको शवको अझै परिचय खुल्न सकेको छैन । करिब ५ दिन अघिको हुन सक्ने महीलाको शव असार ३१ गते बेलुका स्थानिय चित्रे छेउमा देखेपछी प्रहरीलाई जानकारी गराउदा हिजो जिल्ला प्रहरी कार्यालय अछामबाट गएको प्रहरीको टोलिले मृत महीलाको शव जिल्ला अस्पतालमा ल्याएको थियो ।

करिब ३० देखी ४० बर्षको उमेर, हातमा हरिया चुरा लगाएको र अनुहार पुरै पहीचान गर्न नसकीने अबस्थामा महीलाको शव भएकाले कसैले पनी आफ्नो आफन्त हो भनी दाबी नगरेको प्रहरी निरिक्षक तथा जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी जनक बहादुर बोहराले बताउनु भयो । प्रहरी संञ्चार मार्फत छिमेकी जिल्ला बाजुरा लगाएत अछामका सबै स्थानिय तहका प्रहरी युनिटका संञ्चार मार्फत जानकारी गराई सकिएकाले कसैले दाबि नगरेको बोहराले बताउनु भयो ।

पोष्टमार्टम पछी महीलाको शव २ दिनदेखी जिल्ला अस्पताल अछाममा रहेकोले मृतकको सन्दर्भमा दाबि गर्नु परेमा जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारीको नम्बर ९८७८७४७२९९ मा सम्पर्क गर्न हुन अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button