कमल रावल, अछाम : कोरोनाभाईरस रोगको रोकथाम तथा नियन्त्रणका लागी मंगलसेन नगरपालिकाले १३५ जना स्वंयमसेवक अनुसन्धान कर्ता परिचालन गर्ने भएको छ ।
नगरपालिकाले नगरका १४ वडामा स्वयसेवक परिचालन गरी कोरोना रोकथाम तथा नियन्त्रय गर्ने प्रयासको थालनी गर्ने भएको हो । नगरका सवै वडामा कोरोना रोकथाम तथा नियन्त्रय टोल समिती गठन गरी परिचालन गर्ने निर्णय गरेको छ ।
नगरका १४ वडा मध्येमा वडा नम्बर २ मा एक वटा टोल समिती र अन्य वडामा २ वटा टोल समिती गठन गरी परिचालन गर्ने भएको हो ।
सबै वडामा साउन २ गते देखी १० गते सम्म टोल समिती गठन गरी १ सय ३५ जना परिचालन गर्ने तयारी रहेको मंगलसेन नगरपालिका वडा नं ६ का अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनुभयो ।
सुआहाराको सहयोग तथा नगरपालिकाको स्वास्थ्य शाखा मार्फत परिचालन हुने स्वंयम सेवकले जोखिममा रहेका वस्ती, टोल र घरमै पुगेर कोरोना रोकथाम नियन्त्रण, बच्ने उपाय र परिक्षणका लागी पालिकाको स्वास्थ्य शाखा मार्फत स्वास्थ कार्यालयलाई रिपोटिङ्ग गर्ने अध्यक्ष भण्डारीले बताउनु भयो ।
त्यसैगरी स्वाव संकलन र परिक्षणका लागी सम्बन्धीत निकायमा पठाउने र पोजेटिभ केस भेटियमा होम आईसोलेसनमा बस्न प्रेरित गर्ने संक्रमितको सम्पर्कमा आयका व्याक्तिको कन्ट्रयाक ट्रेसिङ्ग गर्ने र पारिवारिक विबरण तयार गरी, परामर्श सेवा प्रदान गर्ने र कोभिड नियन्त्रणका लागी सम्बन्धीत निकायमा पहल गरिने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
नगरका सबै वडामा गठन हुने समिति वडा अध्यक्षको अध्यक्षतामा गठन गरी परिचालीत हुने भएको समेत वडा अध्यक्ष भण्डारीले वताउनु भयो ।
स्वमसेवक परिचालन गर्दा महिला स्वास्थ्य स्वयम सेविका, कोभिड संक्रमण नियन्त्रणमा अग्रपक्तिमा रहेका समाजसेवि, स्वाथ्यकर्मि लगायतलाई परिचालन गर्ने मंगलसेन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।