
अछाम : रामारोशन गाउँपालिका वडा नम्वर ५ सल्लिसनका ३ ओटा खानेपानी तथा सरसफाई योजनाहरु लाई पुर्ण सरसफाइ योजना क्षेत्र घोषणा गरिएको छ ।
वडाको बादापानि खानेपानी योजना, सैनेल्त खानेपानी योजना र जन्तिबिसउने खानेपानी योजना लाई पुर्ण सरसफाइ योजना क्षेत्र घोषणा गरिएको हो ।
योजनाहरु पुर्ण सरसफाइ योजना क्षेत्र घोषणा गर्नका लागी आवश्यक पर्ने माप दण्ड पुरा गरिसकेकाले आज एक कार्यक्रमका बिच योजनाहरु लाई घोषणा गरिएको बताईएको छ ।

“पुर्ण सरसफाई युक्त गाउँ घर हाम्रो सान ” व्यक्ति घरपरि वार र टोलबासिको पहिचान चन्ने मुल नाराका साथ रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउद भाष्करले खानेपानि योजनाको उद्घाटन संगै पुर्ण सरसफाई युक्त योजना क्षेत्र घोषणा गरिएको हो ।
ग्रामिण जलस्रोत व्यावस्थापन परियोजना RVWRMP र रामारोशन गाउँपालिकाको करिब ८५ लाख आर्थिक सहयोगमा खानेपानि योजनाहरुको निर्माण गरिएको थियो । सिर दमाईको अध्क्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँद प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष साउदले संबृद्ध गाउँपालिका निर्माणका लागि सरसफाई– स्वास्थ्य र जीवनसँग जोडिएकोले घरवरपरको वातावरण सरसफाई महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाले हरेक नागरिकहरु लाई सफा स्वच्छ खानेपानिको पहुँचमा पुगाउने लक्ष्य लिएको बताउदै यो अभियान लाई सबै वडामा अगाडी बढाईने बताउनुभयो ।

स्थानिय सरकार आईसकेपछि प्रत्यक घर मा खानेपानिका धाराहरु पुगेको उल्लेख गर्नुभयो । साथै उहाँले सफा र रमणीय गाउँपालिका बनाउनका लागी हरेक नागरिकहरुले पहल चाल्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रम लाई सफल पार्न सहयोग गर्ने ग्रामिण जलस्रोत व्यावस्थापन परियोजना लाई समेत धन्यवाद दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गोबिन्द बहादुर साउद (सुमन) बिशिस्ट अतिथी रहनुभएको थियो ।

यस्तै वडा अध्यक्ष लक्ष्मण परियार, राजनीतिक दलका प्रतिनिधि, परियोजनाका प्रतिनिधि, उपभोक्ता लगायत स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन फिल्ड संयोजक हिरण्ड भण्डारीले गर्नुभएको निराजन रोकायाले जानकारी दिनुभएको छ ।


