
सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल
काठमाडौँ — नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् ।
एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।
रावलले भने- ‘संसद् सचिवालयमा राजीनामा बुझाएको छु ।’ उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् ।
अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामाको घोषणा गरेका हुन् ।