
कमल रावल, साउन ४ अछाम
मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउका लोकेन्द्र रावल उमेरले २१ बर्षको पुुग्नु भयो । २१ बर्षका तन्नेरी युवा लोकेन्द्र आज भोलीका दिनमा बाख्रापालनमा कस्सेर लागेका छन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाईरसको संक्रमणका तथा जोखिमका कारण भारतबाट आफ्नो गाउँमा फर्किएपछी लोकेन्द्र बाख्रापालनमा लागेका हुन ।
बुवा आमा, दाजु भाउजु, भाईबहिनी सहीत ८ जनाको परिवार भएका लोकेन्द्रको अहीलेको रोजाई बाख्रापालन भएको छ । असोज महीनामा नै बाख्रा पालन सुरु गरेका लोकेन्द्रले खोर ब्याबस्थापन र बाख्रापालन लागी बाख्रा खरिदमा सुरुमा नै करिब साढे ६ लाख खर्च गरेका थिए । आफुुसँग पैसा नभएपनी जग्गा धितो राखेर बैँक मार्फत ऋण गारेर १ लाख ३० हजारको खोर ब्याबस्थापन पहीलो र दोस्रो चरणमा ४ लाख ३० हजार ६४ बाख्रा कीनेर ब्याबस्था थालिसकेपछी हाल २२ वटा बाख्रा बेचेर १ लाख ७० हजार रुपैया जम्मा गरेको बताउनु भयो ।
आफ्नो १० रोपनी र आफन्तजनको ७० रोपनी भाडामा गरि करिब ८० रोपनी जग्गामा बाख्रापालन मात्र नभई कृषि तरकारी फलफुलमा सुन्तला, कागती, ओखर रोप्ने काम भएको रावलले बताउनु भयो । बाख्रापालनमा आफु लागि रहदा बुवा आमाको समेत निकै सहयोग गरेको उनको भनाई रहेको छ । आफ्नो जग्गा धेरै मात्रामा लेकतिर नभएपनी बुवा आमाले लामो समयदेखि भाडा तिरेर गरिरहेको कृषि पेशा गरिरहनु भएको थियो अहीले त्यसैलाई सदुपयोग गरेर आफुले ब्याबसाय थालेको उनको भनाई रहेको छ ।
२०७७÷०७८ को बजेट ल्याउदा कोरोनाबाट प्रभावित युवालाई स्वरोजगार बनाउने बजेट ल्याउछु निती तथा कार्यक्रम बनाउछु सरकारका प्रमुखले भनेका थिए तर आफुलाई त्यसले कत्ति पनी छोएको छैन ।
आदिकारीक रुपमा धुम्रलोचनी बाख्रापालन फर्म दर्ता नै गरिसके अनुदानका लागी नगरपालिका, कृषि शाखा पशुशाखा कति धाए कहीकतैबाट सहयोग प्राप्त भएको छैन, मैले सहयोग नपाए पनी दुखी त छैन तर सरकारले हेरेको छैन यो बर्ष के गर्छन खै ? भारतबाट यसरी प्रभावित भएर आफु घर आईसकेपछी अब भारत नजाने निधो गरेको लोकेन्द्रले बाख्रापालनलाई दिगो बनाउदै लैजाने बताएका छन ।
कृषि प्रदान देशमा सरकारको लगानी आवश्यक रहेको भन्दै वास्तवीक किसानको बारीमा पुगेर मात्र आगामी दिनमा अनुदानका कार्यक्रम तय गर्न उहाँको सुझाब रहेको छ,
यसैबिच सहकर्मी कमल रावलले बाख्रापालनमा लागेको युवा लोकेन्द्र रावलसँग ब्याबसाय सुरुवातीका दिन र अहीलेको अबस्थाको बारेमा कुराकानी गर्नु भएको छ ।