एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो ।

यसअघि हिजो र अस्ति ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

अन्तिम समयसम्म एमालेलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिँदै आएको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर २४ घण्टे स्पष्टिकरणको पत्र नआएको नेता माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button