अगष्ट १५ तारिख देखी जापानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदै

होम साउद, ७ श्रावण । ग्रुप अफ जापान र हान्यु नेपाली समाजको संयुक्त आयोजनामा खुल्ला पुरुष भलिवल प्रतियोगतीता हुने भएको छ । साईतामा केन मा आगामी अगष्ट १५ तारिखका दिन प्रतियोगिताको आयोजना गरिएको हो ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ जापानका नेपालीहरुविच प्रतियोगिताको आयोजना गरिएको ग्रुप अफ जापानका अध्यक्ष मदन साउदले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम स्थान हसिल गर्नेलाई नगद ३ लाख , दृतियलाई २ लाख र तृतिय स्थान हाँसिल गर्नेलाई १ लाख नगद सहित ट्रफि, मेडल र बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साउदले बताउनुभयो ।

बिदेशमा भएर पनि देशप्रेम, आपसि सदभाव र भाईचाराको भावनालाई प्रगाढ बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको अन्तराष्ट्रिय खेलाडी समेत रहेका ग्रुप अफ जापानका अध्यक्ष साउदको भनाई छ ।

खेलकुदले व्यक्तिको शारिरिक, मानसिक अवस्थाका साथै परस्पर सहयोग, सह अस्तित्व र अनुशासन कायम राख्न समेत मद्दत गर्ने भएकाले जापानमा रहेका नेपालीहरुको विचमा प्रतियोगिता गराईने आयोजक संस्था मध्येको एक ग्रुप अफ जापानले जनाएको छ ।

प्रतियोगिताको प्रत्येक टिममा १२ जनासम्म खेलाडी रहने आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button