दाजुभाईको सहयोग तथा सरसल्लामा कृषि पेशामा लागेको छुः पुर्ण रावल (कुराकानी सहित)

कमल रावल, साउन ७ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुका युवा कृषक पुर्ण बहादुर रावलले आफुले कृषि तथा पशुपालन ब्याबसाय सुरु गर्नमा आफन्तको महत्वपुर्ण साथ सहयोग रहेको बताउनु भएको छ । लामो समयदेखी बिदेश जान्छु भनेर भौतारि रहेको बेला दाजुभाईको साथ तथा सहयोग मिलेपछी कृषि ब्याबसायमा लागेको बताउनु भयो ।

मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुको भोटेनतला लेकमा साहारा कृषि तथा पशुपक्षी फर्म संञ्चालन गरेर ब्याबसाय थालनी गरेका रावलले दाजुभाईसँग सल्लाह गर्दै उहाँहरुको लगानी तथा सहयोगमा करिब साढे २ बर्ष अघि कृषि तथा पशुपंक्षी ब्याबसाय सुरु गरेको जानकारी दिनु भयो ।

आफ्नो जन्म थलोमा २० बर्ष पछी केही गर्नुपर्छ भनेर फर्केको स्मरण गर्दै रावलले ७ लाख आफनै लगानी र बैँकबाट ८ लाख ऋण ल्याएर लगानी गरेर ब्याबसाय थालनी गरेको बताउनु भयो । धेरै लगानीमै लागेको छु प्रतिफलको आशा पछी गरेकाले अझैपनी ब्याबसाय थप्दै लगानी गर्दै जाने बताउनु भयो ।

कुराकानीको क्रममा रावलले अघि थपे कृषि प्रदान देशको नागरिक भएकाले आजभोली त विदेश भन्ने बित्तिकै घृणा लागेर आउछ, आफ्नो पुस्ताको जग्गामै केही गर्छु भनेर हिम्मत र साहाशका साथ कृषि पेशा रोजेको हु । १५ देखी १८ रोपनीसम्म आफ्नै तथा बाँकी आफन्तको जग्गा लिजमा लिएकाले समय अनुकुल तरकारी खेती समेत गर्दै आएको जानकारी दिनु भयो ।

यसबर्ष बर्खे आलु ४ क्विन्टल आलु बिउमा करिब ३० क्विन्टल फलाएको जानकारी दिनु भयो । आफनो बाख्रा खोरमा करिब साढे ५ लाखका बाख्रा समेत रहेका जानकारी दिनु भयो । कृषि पेशाबाट तुरुन्तै प्रतिफल उपलब्धी लिन नसकीने भएकाले लामो समयसम्म कुर्नै पर्ने बताउनु भयो ।

आफुले पनी सुरुको बर्षमा घाटा नै खाएको अहीले बिस्तारै आम्दानी तिर अघि बढीरहेको जानकारी दिनु भयो । सरकारको लगानी समेत सम्बन्धीत ठाउमा नपुगेको गुनासो गर्दै निति तथा कार्यक्रम अनुसार कार्यक्रम राम्रो भएपनी किसानले प्रतिफल नपाएको बताउनु भयो ।

यसैबिच सहकर्मी कमल रावलले मंगलसेन नगरपालिका वडा नम्बर १० भोटेनतलामा साहारा कृषि तथा पशुपक्षी फर्म संञ्चालन गरेर ब्याबसाय गरिरहेका पुर्ण रावलसँग कुराकानी गर्नु भएको छ ।

पुर्ण रावल कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button