एमाले केन्द्रीय कमिटीको बैठक सकियो, कारबाही फिर्ता लिएर पार्टी एक बनाउनुपर्ने निष्कर्ष

काठमाण्डाै – नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठक आज बिहीवार सकिएकाे छ । बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ । 

यसअघि माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गर्नुपर्ने आवाज उठे पनि आज भने नेताहरूका गल्तीलाई माफी दिएर पार्टीलाई एकताबद्ध गराउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । कारबाही फिर्ता लिनुपर्ने आवाज पनि बैठकमा उठेको छ । यसको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

पार्टीको अनुशासन नमान्ने नेताहरूलाई पनि माफी दिन सकिने अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ । 

यसैबीच आजकाे बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गर्नुभएको छ । 

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button