थप २ हजार ७ सय १४ जनामा काेराेना पुष्टि, १ हजार २ सय ८८ जना सङ्क्रमणमुक्त

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार एक सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ५५ जनामा र तीन हजार सात सय सात जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ५९ गरी दुई हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

२४ घन्टामा नमुना परीक्षण गरिएकामध्ये २१ दशमलव १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सात लाख २७ हजार एक सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप एक हजार दुई सय ८८ जना  निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रिमतकाे सङ्ख्या २७ हजार तीन सय ७५ रहेकाे छ ।

यस्तै थप २४ जनाको ज्यान गएकाे विवरण प्राप्त भएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ६१ जना पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button