सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि शुक्रबार जस्तै तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button