अछाममा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न

टेकराज भण्डारी अछाम : अछाम जिल्लामा रक्तसञ्चारसेवा दिवस मनाईएको छ । नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको दिनको सम्झना नेपाल रेडक्रस सोसाईटी र अछाम जेसिजको आयोजनामा ५५ औँ रक्तसञ्चार सेवा स्थापना दिवस मनाईएको हो ।

दिवसको अवसरमा रक्त समूह पहिचान गरिएको छ । जिल्ला अस्पताल अछाममा विभिन्न व्यक्तिहरुले आफ्नो रक्त समूह पहिचान गरी आवश्यक परेको बेला रक्तदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला अस्पताल व्यस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी अछामका मन्त्री ध्रुव कुमार शाहीले रेडक्रसले जिल्लामा रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको र यसलाई थप व्यवस्थित पार्दै लगिने बताउनु भयो । आफ्नै परिवारका सदस्य विरामी पर्दा पनि रक्तदान नगर्ने प्रवृत्ति रहेको भन्दै रक्तदानप्रति सबैले सकारात्मक धारणा विकास गर्नुपर्ने बताउनु भयो ।

नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, अछाम जेसिज, अछाम सेवा समाज, दारी ग्याङ लगायतका सामाजिक संस्थाबाट रक्तदानमा सकारात्मक पहल तथा कार्य भैरहेको उहाँले बताउनु भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खनालले पछिल्लो समय जिल्ला अस्पतालको सेवा गुणस्तरीय, सुधार तथा विश्वशनीय हँदै गैरहेको भन्दै रगतको माग समेत बढीरहेको बताउनु भयो । अब सबैले रक्ततान गर्ने भावनाको विकास गराउँदै सबैले मानवताको नमूना प्रस्तुत गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर सोनाली बास्कोटाले विभिन्न निकायबाट रक्तदानका कार्य हुनु सकारात्मक कार्य भएको भन्दै स्वास्थ्यकर्मीलाई तालिमका व्यवस्था गर्न पहल गर्नुपर्ने बताउनु भयो ।

सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवा भन्ने नाराका साथ आज देशैभर ५५ औँ रक्तसञ्चार सेवा दिवस मनाईएको नेपाल रेडक्रस सेसाईटीका कार्यक्रम संयोजक खेम भट्टराईले बताउनु भयो ।

सो अवसरमा करिब १५ जनाको रक्त समूह पहिचान गरिएको छ । कार्यक्रममा अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपाने, महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा जेसीजकर्मी मनकला न्यौपाने, अछाम जेसिजका पदाधिकारी, स्वास्थ्यकर्मी, रक्तदाता, विद्यार्थी लगातको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button