अछाममा १८ दिन निषेधाज्ञा थप

टेकराज भण्डारी, साउन १४, अछाम

अछाममा काेराेना महामारीकाे संक्रमण राेकथामका लागि थप १८ दिन निषेधाज्ञा गरिएको छ । साउन १४ गते राति १२ बजेसम्म कायम निषेधाज्ञा १८ दिन थप गर्दै साउन ३२ गतेसम्म थप गरिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयाे ।

अछाम जिल्लामा काेभिड-१९ महामारीको संक्रमण जाेखिम कायमै रहेकाे र राेकथामका लागि भन्दै निषेधाज्ञा थप गर्नुपरेकाे अछाम प्रशाशनले जनाएको छ । जिल्ला काेभिड व्यवस्थापन केन्द्रकाे सिफारिस तथा जिल्ला सुरक्षा समितिकाे बैठकबाट निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मल्लले बताउनु भयाे ।

हाल नेपालमा काेभिड-१९ काे नयाँ भेरियन्ट फैलिरहेकाे तथा जिल्लामा पूर्ण रुपमा संक्रमणकाे अन्त्य (चेनब्रेक) नभएकोले निषेधाज्ञा थप गर्नुपरेकाे प्रशासनले जनाएको छ । अछाम जिल्ला काेराेना संक्रमणकाे जाेखिममा समेत रहेको बताईएकाे छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै पसलहरु बिहान ६ बजेदखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाईने, प्रदेशभित्र सञ्चालन हुने सवारी साधन पूर्ण क्षमतामा स्वास्थ्य मापदण्डकाे पालना गरि सञ्चालन गर्न पाईने भएको छ ।
पछिल्लो समय जिल्लामा खुकुलाे पार्दै निषेधाज्ञा थप गर्दै लगिएको छ । स्वास्थ्य मापदण्डकाे पालना प्रभावकारी रुपमा नभएको गुनासाे बढीरहेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button