
आफन्तको बार्षिक पुण्य तिथिमा परिवारद्धारा क्यान्सर पिडितलाई सहयोग
कमल रावल साउन १४
अछाम मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासी एक परिवारले आफ्ना आफन्तको बार्षिक पुण्य तिथिमा क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन ।
क्यान्सर पिडित वडा नम्बर ९ निवासी राधा रावलको उपचारमा आर्थिक सहयोगार्थ ४ हजार ९ सय ९९ रुपैया उहाका परिवारका तर्फबाट सहयोग गरिएको हो ।
मंगलसेन नगरपालिका वडा नम्बर ९ खडकावाडा निवासि स्वर्गीय रामनाथ रावलको बार्षिक पुण्य तिथिको अवसरमा उहाकी श्रीमती सारदा रावल, छोरा चन्द्र बहादुर रावल, गणेश बहादुर रावल, अनिल कुमार रावल सहित समस्त परिवारको तर्फबाट रु. ४ हजार ९ सय ९९ सहयोग गरिएको हो ।
क्यान्सर रोगले पिडित ३३ बर्षिय राधा रावलको विगत एक बर्ष देखि भारतमा उपचार जारी रहेको छ । आर्थिक अभाव झेलिरहेका उहालाई हाल देश तथा विदेशमा उपचारका लागि सँकलन अभियान जारी रहेको छ । उहालाई नेपालमा सहयोगका लागि भिम बहादुर रावल राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर काठमाडौ खाता नम्बर १४२०१०००२३३६१०१० र कमल कुमार रावल ग्लोबल आइएमइ बैंक मंगलसैन अछाम खाता नम्बर J९०७०१००००१४० मा सहयोग रकम जम्मा गर्न सकिने छ ।