काेराेना सङ्क्रमण बढेपछि सीसीएमसीकाे बैठक बस्दै

काठमाण्डौ – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो ४ बजे बस्ने बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बुझिएको छ ।

निषेधाज्ञा भए पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै गएपछि रोकथाम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुहुनेछ ।

हिजो मात्र देशभर ३ हजार ३ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य विज्ञले स्वास्थ्यका मापदण्ड पालना नगरे कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button