करोडौंका मालिक झलनाथ खनालमाथि मध्यमवर्गीय चम्सुरी परिन् भारी

काठमाडौं – एमाले वरिष्ठ नेता झलनाथ खनाल अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

उनको दुवै मिर्गौला फेल भएकाले प्रत्यारोपण गरिन लागेको छ । मिर्गौला दिने आफन्त पनि नयाँ दिल्ली पुगिसकेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल करोडौंका मालिक हुन् । उनकै नाममा ‘झलनाथ खनाल प्रतिष्ठान’ पनि खुलेको छ । सो प्रतिष्ठानलाई केपी ओलीको अघिल्लो सरकारले ७२ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । उनका छोरा निर्भीक खनाल ठेकेदार हुन् । करोडौंको प्रोजेक्ट छन् उनीसँग । सरकारी ठूल्ठूला योजना उनले नै हात पारेका छन् ।

तर, करोडौंका मालिक भए पनि खनालको उपचारमा ओली सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको छ । जसको सर्वत्र विरोध भइरहेको छ । खनाल परिवारले सरकारको सहयोग चाहिन्न भन्न सकेन ।

यति नै बेला हास्यकलाकार पल्पसा डंगोल अर्थात् चम्सुरी पनि दुवै मिर्गौला फेल भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी छन् । उनका लागि धेरैले आर्थिक सहयोग संकलन गर्न थालेका थिए । तर, चम्सुरीले आफ्नो उपचारका लागि पैसा संकलन नगर्न अपिल गरिन् । बरु उनले मिर्गौला सहयोग चाहिएको बताइन् ।

चम्सुरीको सो आग्रहपछि उनका पाँचजना आफन्त मिर्गौला दान दिन तयार भए । 

पल्पसा सामान्य कलाकार हुन् । उनी मध्यमवर्गीय परिवारकी सदस्य हुन् । तर, उनले कसैसँग आर्थिक सहयोग मागिनन् । एक कलाकारको यो व्यवहारले एमाले नेता खनालको नैतिकतामाथि ठूलो प्रहार गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ ।

कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ । BY https://mediadabali.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker