
सार्वजनिक वीत्त तथा खर्च व्यवस्थापन सम्बन्धि २ दिने तालिम शुरु
टेकराज भण्डारी, साउन १५, अछाम
सार्वजनिक वीत्त तथा खर्च व्यवस्थापन सम्बन्धि तालिम र अध्ययन प्रतिवेदन माथि अन्तर्क्रिया कार्यक्रम मंगलसेनमा शुरु भएको छ । युराेपियन युनियन, डीसीएकाे सहयाेग तथा स्वशासन अध्ययन प्रतिष्ठान (ईनलाेगस) काठमाडौं र मालिका विकास संघकाे आयाेजनामा भएको २ दिने तालिममा मालिका विकास संघद्वारा सञ्चालित परिवर्तन परियाेजना लागू भएका पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशाशकीय अधिकृत, लेखा अधिकृत तथा राजस्व कर्मचारीकाे सहभागीता रहेको छ ।

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भएको तालिममा
सार्वजनिक वीत्त तथा खर्च व्यवस्थापन सम्बन्धि विभिन्न जानकारी गराईएकाे छ । साथै परियोजना लागू भएका मंगलसेन नगरपालिका,पञ्चदेवल विनायक नगरपालिका र चाैरपाटी गाउँपालिकामा वीत्त व्यवस्थापन सम्बन्धमा गरिएको अध्ययनकाे प्रतिवेदनमाथि समेत छलफल गरिएको छ ।

देश संघीयतामा गएपछि स्थानीय तहमा विभिन्न वीत्तिय गतिविधि भैरहेका, सेवा शुल्क, कर तथा राजस्व संकलनकाे गतिविधि भैरहेको अवस्थामा त्यसलाई व्यवस्थित गर्दै प्रभावकारी कार्यान्वयन तथा शुसाशनदर पारदर्शिता कायम गर्दै अघि बढ्नका लागि तालिममा जानकारी गराईएकाे छ ।
पहिलाे दिनकाे तालिममा स्थानीय तहकाे वित्तीय नीतिका आयामहरु, अध्ययन प्रतिवेदन, कर तथा राजस्व, करकाे दायरा बढाउन सकिने क्षेत्र लगायतका विषयमा जानकारी दिईएकाे छ ।
तालिमकाे प्रशिक्षण ईनलाेगस काठमाडौंका निर्देशक बिनाेद ढकाल, नेपाल सरकारका पूर्व सहसचिव तथा वीत्तिय व्यवस्थापन बिज्ञ हरि फुयाँलले गरिरहनु भएको छ ।
तालिममा मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, विभिन्न पालिकाका प्रमुख प्रशाशकीय अधिकृत, मालिका विकास संघका कार्यक्रम संयाेजक रतन रावल, पालिकाका लेखा अधिकृत, उद्योग वाणिज्य संघका महासचिव छत्र बहादुर बाेहरा, आन्तरिक लेखा परिक्षक, राजस्व शाखाका प्रमुख लगायतकाे सहभागीता रहेकाे छ ।
कार्यक्रमको संचालन तथा सहजीकरण इनलोगसका कार्यक्रम संयोजक एवं सुशाशन विज्ञ रामसुन्दर नेपालीले गर्नुभएको थियो ।