हक अधिकार सुनिश्चित गर्नका लागि सराेकारवालाले गम्भीर हुनुपर्ने

टेकराज भण्डारी, साउन १८, अछाम : अछामकाे पञ्चदेवल विनायक नगरपालिकाका नागरिक समाज संस्थाका पदाधिकारीले महिला, दलित, बालबालिकाकाे हक अधिकार सुनिश्चित गर्नका लागि सराेकारवालाले गम्भीर हुनुपर्ने बताउनु भएको छ ।

विनायकमा भएको नागरिक समाज संस्थाहरुकाे क्षमता अभिवृद्धिका लागि नागरिक समाज संस्थाहरुवीच अनुभव आदानप्रदान कार्यक्रममा नागरिक समाज संस्थाका पदाधिकारीले आफुहरुले सुशासन पनठशाला मार्फत विभिन्न हक अधिकार तथा सहभागीता बारे जानकारी पाएकाे र अब वडा तथा नगरले सबैका हक अधिकार तथा विधिकाे शाशनकाे लागि गम्भीर भएर लाग्नुपर्ने बताउनु भयाे ।

मालिका विकास संघ सुशासन परियाेजनाका संयोजक रतन बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै पदाधिकारीले आफुहरुकाे माध्यमबाट सरकारी विद्यालयमा भर्ना शुल्क हटाउने काम गरेकाे, बहुविवाह गर्नेलाई निरुत्साहित गर्दै कारबाही गर्न लगाएकाे, वडा तहमा याेजना माग गरेको, काेषाध्यक्षकाे उपस्थिति बिना गरिएको सार्वजनिक सुनुवाइको विराेध गर्दै पछि काेषाध्यक्ष सहित सार्वजनिक सुनुवाइ गरिएको लगायतका उपलब्धि हाँसिल गरेको बताएका छन् ।

युराेपियन युनियन, डिसीएकाे सहयाेग, पञ्चदेवल विनायक नगरपालिकाकाे समन्वयमा मालिका विकास संघ नेपाल अछामको आयाेजनामा अनुभव आदान प्रदान गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत पहलसिंह नेपालीले पछिल्लो समय मालिका विकास संघको साझेदारीमा परियाेजना संचालन गरिए पछि महिला, दलित, सीमान्तीकृत समुदाय थप सुसूचित भएको भन्दै याे सकारात्मक कुरा भएको बताउनु भयाे ।

सरकारले सामुदायिक विद्यालयमा कुनै शुल्क लिन नपाउने व्यवस्था गरेकाले काेही कसैले भर्ना, मासिक, बार्षिक शुल्क लिन नपाउने बताउनुभयो । शिक्षा शाखा प्रमुख समेत रहनु भएका नेपालीले कसैले शुल्क लिएकाे रसिद सहित आएमा आफूले कारवाही गर्ने प्रतिवद्धता जनाउनु भयाे । नगरपालिका नागरिकका गुनासा, समस्या तथा सराेकारका विषयमा सधैं अग्रसर रहने भन्दै आगामी दिनमा थप सुधार तथा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मालिका विकास संघका सुशासन परियाेजना संयाेजक रतन रावलले परियाेजनाकाे मुख्य उद्देश्य नागरिकलाई स्थानीय शासन प्रक्रियामा सहभागी गराउनु रहेको भन्द‌ै साेही अनुसार नागरिकलाई सुसूचित गरिरहेकाे बताउनु भयाे । स्थानीय शासन प्रक्रियामा नागरिककाे अर्थपूर्ण सहभागीता गराई शुसासन कायम गर्न वडा तथा नगरपालिकाले आवश्यक ध्यान दिनुपर्नेमा जाेड दिनुभयो । सबै नागरिककाे शशक्तिकरण, विकास तथा सहभागीताबाट नै सुशासन कायम हुने र यसबाट सेवा प्रदायक र सेवाग्राहीलाई लाभ हुने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रगतिशिल बाख्रापालन समुह वडा नम्बर १ का अध्यक्ष हिमाञ्चल तिमिल्सैना, चेतना बहुउद्देश्यीय सहकारी संस्था वडा नम्बर १ का पार्वति रिमाल, पञ्चदेवल कृषक समूह वडा नम्बर २ का संगीता धामी, मेलरुख कृषक समुह वडा नम्बर ४ का कविता रावल चलाउने, प्रगतिशिल बाख्रापालन समूह वडा नम्बर ३ का ईन्दिरा अधिकारी, लालीगुराँस कृषक समूह वडा नम्बर ३ का प्रेमा शाहीले आफुले सिकेका सिकाई तथा गरेका कार्यकाे बारेमा जानकारी गराउनु भएको थियाे ।

यसैगरी ढिमढिमे काँडागाउँ कृषक समुह वडा नम्बर २ का सरस्वती धामी, बागधारा कृषक समूह वडा नम्बर २ का शारदा नेपाली, गुरुथापे आमा समुह वडा नम्बर १ का सिर्जना तिमिल्सैना, काेट कृषक समूह वडा नम्बर ४ का गाेपा शाही, समावेशी महिला बहुउद्देश्यीय सहकारी संस्था वडा नम्बर ३ का कमला शाही, तितुरुख कृषक समूह वडा नम्बर ४ का सरिता बाेगटीले आ-आफ्नाे समूह तथा सुशासन पाठशाला कक्षाबाट सिकेका अनुभवबारे जानकारी गराउनु भएको थियाे । परियाेजना लागू भएका वडा नम्बर १,२,३ र ४ का १२ वटा संस्थाका पदाधिकारीले सिकाई आदानप्रदान गर्नुभएको हाे ।

कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रशाशन प्रमुख खेम ढकाल, वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष हरिकला बिष्ट, नगरका सुचना केन्द्र व्यवस्थापक डम्बरा चलाउने, सामाजिक परिचालक गणेश थापा लगायतको सहभागीता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन तथा सहजीकरण मालिका विकास संघका सुशासन परियाेजना सुचना अधिकृत कुल बहादुर साउँदले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker