
धनगढीः सोमबार बिहान देशका धेरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।