
अछाम : अछाममा बाघको आक्रमण बाट एकजना घाईते भएका छन् ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ७ सेराको झालतडीमा बाघको आक्रमण बाट एक जना घाईते भएका हुन् ।
बाघको आक्रमण बाट स्थानिय लभराज अधिकारी घाईतेभएका छन् । आक्रमण बाट अधिकारीको पाखुरामा गहिरो चोल लागेको स्थानियले बताएका छन् ।
सनिवार राति ३ बजेतिर मकैबारीमा आएको बदेल धपाउन जाने क्रममा बाघले आक्रमण परेको थियो ।
उनको प्राथमिक उपचार पछि कमलबजार स्वास्थ्य चौकिमा उपचार गरेर मंगलसेनमा ल्याउने तयारी भईरहेको उनका दाजु पदमराज अधिकारीले जानकारी दीनुभयो ।