भासु भिर जीप दुर्घटना : घाइते २ जनाको मृत्यु

धनगढी : कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा घाइते ५ जनामध्ये दुई जनाको मृत्यु भएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको मृत्यु भएको हो।

कैलालीको चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको हो।

यस्तै दुर्घटनामा जोरायल–१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउद घाइते भएका छन्। 

बुधबार जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार सडकबाट जीप झण्डै तीन सय मिटर तल खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker