सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

काठमाण्डाै – आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रका पहाडी जिल्लामा हल्का हिमपात हुने अनुमान छ । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेकका ठाउँमा पनि मौसम आंशिक बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।

यस्तै चिसो बढ्न थालेसँगै तराईका जिल्लालगायत अन्य केही ठाउँमा बिहानको समयमा पातलो कुहिरो लाग्न थालेको छ । मौसमविद्ले बिहान सबेरै गाडी चलाउने, कामका लागि हिँड्ने र मर्निङवाकमा निस्कनेलाई दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker